संसदीय समितिको निर्वाचन ः अर्थमा काँग्रेसका सन्तोष चालिसे, सार्वजनिक लेखामा ऋषि पोखरेल

<p>काठमाडौं । राजनीतिक दलहरुले संसदीय समितिको सभापतिको टुगो लगाएका छन् । निर्वाचन भएको ९ महिनापछि सोमबार दिउँसो मिनि संसद्को रुपमा रहेको संसदीय समितिका सभापतिको निर्वाचन हुन लागेको हो । सोमबार निर्वाचनको मिति तय भएपछि राजनीतिक दलहरुले उम्मेद्वारको टुंगो लगाएका छन् । नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । राजनीतिक दलहरुले संसदीय समितिको सभापतिको टुगो लगाएका छन् । निर्वाचन भएको ९ महिनापछि सोमबार दिउँसो मिनि संसद्को रुपमा रहेको संसदीय समितिका सभापतिको निर्वाचन हुन लागेको हो ।

सोमबार निर्वाचनको मिति तय भएपछि राजनीतिक दलहरुले उम्मेद्वारको टुंगो लगाएका छन् ।

नेपाली कांग्रेसले राज्य व्यवस्था समितिको सभापतिमा रामहरि खतिवडा, संसदीय सुनुवाइमा जीवन परियार, कृषिमा आरजु राणा, अर्थ समितिमा सन्तोष चालिसेलाई उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले विकास समिति सभापतिमा माधव सापकोटा र कानुन समितिमा विमला सुवेदीलाई उम्मेदवार बनाउन लागेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय समितिमा जसपाबाट राजकिशोर यादव र एमालेबाट सार्वजनिक लेखा समितिमा ऋषि पोखरेलको उम्मेदावरी टुंगो लागेको हो । महिला समितिमा एमालेबाटै किरण साहको उम्मेदवारी तय भएको छ ।

यस्तैगरी, उद्योग समितिमा जनमत पार्टीबाट अब्दुल खान र शिक्षा समितिमा एकीकृत समाजवादीबाट भानुभक्त जोशीको उम्मेदवारी टुंगो लागेको हो ।

प्रतिनिधिसभाका १० र दुई वटा संयुक्त समितिका सभापति चयन भएका छैनन् । प्रतिनिधिसभाका समितिको गठन वैशाख १५ मा भएको थियो । समितिको निर्वाचनका लागि आइतबार बिहान ११ देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

Share News