फेरिए संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सचिव

<p>काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको जिम्मेवारी परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानेर प्रधानमन्त्री कार्यालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई संघीय मन्त्रालयको जिम्मा दिएको हो । केही दिनअघि मात्र सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएको अनिता देवीको निर्देशनमा नै सचिवको सरुवा गरिएको हो ।</p>

काठमाडौं । सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिवको जिम्मेवारी परिवर्तन गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले संघीयका सचिव कृष्णहरि पुष्करलाई प्रधानमन्त्री कार्यालयमा तानेर प्रधानमन्त्री कार्यालयमा रहेका सचिव विनोदप्रकाश सिंहलाई संघीय मन्त्रालयको जिम्मा दिएको हो ।

केही दिनअघि मात्र सामान्य प्रशासनमन्त्रीमा नियुक्त भएको अनिता देवीको निर्देशनमा नै सचिवको सरुवा गरिएको हो ।

Share News