वायुसेवा संघले गठन गर्‍याे ट्रान्सफोर्स समिति

<p>काठमाडौं । एक वर्षको अवधिमा चार दुर्घटना भएपछि वायुसेवा सञ्चालक संघले अध्ययन समिति गठन गरेको छ । दुर्घटनामा धेरैले ज्यान गुमाएपछि संघले अध्ययनका लागि ट्रान्सफोर्स बनाएको हो । संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दुर्घटनाको कारण, न्युनिकरणका उपाय लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए । उनका अनुसार हवाई सुरक्षा अभिवृद्धि गर्न गठित ४ सदस्यीय [&hellip;]</p>

काठमाडौं । एक वर्षको अवधिमा चार दुर्घटना भएपछि वायुसेवा सञ्चालक संघले अध्ययन समिति गठन गरेको छ । दुर्घटनामा धेरैले ज्यान गुमाएपछि संघले अध्ययनका लागि ट्रान्सफोर्स बनाएको हो ।

संघका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले दुर्घटनाको कारण, न्युनिकरणका उपाय लगायतका विषयमा अध्ययन गर्न समिति गठन गरिएको बताए ।

उनका अनुसार हवाई सुरक्षा अभिवृद्धि गर्न गठित ४ सदस्यीय उक्त समितिलाई एक महिनाको समय दिईएको छ। पूर्व सचिव यज्ञ गौतमको संयोजकत्वमा रहेको उक्त समितिमा क्याप्टेन हिराबाबु दाहाल, रवि कङ्साकार र इन्जिनियर एमके श्रेष्ठ  सदस्य रहेका छन् ।

Share News