एमालेले बुधबारको संसद अवरुद्ध गर्ने, पार्टीको धारणा बनाउन बोलायो संसदीय दलको बैठक

<p>काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै क्वीन्टल सुन बाहिरिएपछि एमालेले आफ्नो धारण बनाउनका लागि बुधबार दिउँसो १२ बजे बैठक बोलाएको हो । आज १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठकमा अवरोध गर्नेगरी धारण बनाउन भन्दै १२ बजे संसदीय दलको बैठक बोलाएको जनाईएको छ । एमालेले [&hellip;]</p>

काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झन्डै क्वीन्टल सुन बाहिरिएपछि एमालेले आफ्नो धारण बनाउनका लागि बुधबार दिउँसो १२ बजे बैठक बोलाएको हो ।

आज १ बजेदेखि प्रतिनिधि सभाको बैठक बस्दैछ । उक्त बैठकमा अवरोध गर्नेगरी धारण बनाउन भन्दै १२ बजे संसदीय दलको बैठक बोलाएको जनाईएको छ ।

एमालेले आज बस्ने संसद बैठकमा उपप्रधान तथा गृहमन्त्रीको राजीनामा माग गर्दै अवरोध गर्ने तयारी गरेको छ ।

गत मंगलबार राजश्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै बाहिरिएको अटो पार्टसबाट झन्डै क्विन्टल सुन बरामद गरेको थियो ।

उक्त प्रकरणमा संलग्न भएको आरोपमा हालसम्म १६ जना प्रकाउ परिसकेका छन् ।

Share News