इन्टरनेटमा सिजी नेटको नयाँ अफर, धेरै रिफर गर्नेलाई पुरस्कार

<p>काठमाडाै‌ ।  सिजी नेटले इन्टरनेट सेवामा नयाँ अफर ल्याएको छ । कम्पनीले रिफर, रिडम र रिपिट नामक अफर सार्वजनिक गरेको हो । यस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने कम्पनीले बताएको छ । हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहारसमेत पाउने कम्पनीले बताएको छ । [&hellip;]</p>

काठमाडाै‌ ।  सिजी नेटले इन्टरनेट सेवामा नयाँ अफर ल्याएको छ । कम्पनीले रिफर, रिडम र रिपिट नामक अफर सार्वजनिक गरेको हो ।

यस अन्तर्गत सिजिनेटको इन्टरनेट सेवा अरुलाई रिफर गर्ने र रिफर भएका दुवैले एक महिना सित्तैमा इन्टरनेट चलाउन पाउने कम्पनीले बताएको छ । हरेक रिफररले अफरको अन्त्यमा अन्य आकर्षक उपहारसमेत पाउने कम्पनीले बताएको छ ।

रिफर गर्ने र रिफर हुने दुवैले अफर अवधिमा गरिएका प्रत्येक सफल रिफरलमा एक महिनाको निस्शुल्क इन्टरनेट प्राप्त गर्ने कम्पनीले बताएको छ । यसका साथै ३ जनासम्म रिफर गर्नले उच्च गुणस्तरको एयर पड्स र ६ जनालाई रिफर गरेर इन्टरनेट जोडाउनेलाई स्मार्ट वाच प्रदान गर्ने सिजी नेटले बताएको छ ।

४५ दिनको अवधिभर शीर्ष तीन उच्च रिफरर ट्रयाक गर्न लिडरसीप बोर्ड लागू गरेको र यस अवधिभरमा सबैभन्दा बढी रिफर गर्नेलाई मेघौली सेराई रिसोर्टको यात्रा प्याकेज उपलब्ध गराउने बताइएको छ ।

दोस्रो उच्चतम रिफररले ४३ इन्चको स्मार्ट टिभी र तेस्रो उच्चतम रिफररले ३२ इन्चको स्मार्ट टिभी पाउने कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Share News