बोटलर्स नेपालले पायो बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड

<p>काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड पाएको छ । आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाब प्रस्तुत गरिएकामध्ये आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटलर्स नेपाल लिमिटेडलाई यस्तो अवार्ड प्रदान गरिएको हो । एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले [&hellip;]</p>

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)बाट बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्टको लागि गोल्ड अवार्ड पाएको छ ।

आर्थिक वर्ष २०७८ र ७९ को वार्षिक हिसाब प्रस्तुत गरिएकामध्ये आउट्स्ट्यान्डिङ प्रेजेन्टेसन, डिटेल्ड डिस्क्लोजर र ट्रान्स्पेरेन्सि अफ इन्फर्मेसनको लागि बोटलर्स नेपाल लिमिटेडलाई यस्तो अवार्ड प्रदान गरिएको हो ।

एक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले उक्त अवार्ड बोटलर्स नेपाल लिमिटेडका फाइनान्स कन्ट्रोलर अशोक मण्डललाई प्रदान गरेका थिए ।
आइक्यानले सन् २०२२ को लागी दिएको अवार्डमा बोटलर्स नेपाल लिमिटेड मेरिट अवार्ड पनि पनि पाएको छ ।

अवार्ड पाएपछि कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बोटलर्स नेपालले सप्लायर, ग्राहक र सेयरहोल्डरहरू लगायत सबै स्टेकहोल्डरहरूसँग राख्नुपर्ने ट्रान्स्पेरेन्सिको महत्व बुझ्दछ । कर्पाेरेट गभर्नेन्स र कम्प्लायन्स हाम्रो आन्तरिक प्रक्रिया र ग्लोबल कोका–कोला सिस्टमको अंश हो, जसलाई हामी उत्प्रेरित रूपमा पालना गर्छाँै ।’

Share News