वास्तविक तस्करलाई जोगाउन नियोजितरुपमा मेरो नाम जोडियो : दीपक मल्होत्रा

<p>काठमाडौं । व्यवसायी दीपक मल्होत्राले वास्तविक सुन तस्करीलाई जोगाउन नियोजितरूपमा आफ्नो नाम जोडिएको दावी गरेका छन् । मंगलबार दिउँसो विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए । बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर मल्होत्राले सुन काण्डमा आफ्नो संलग्नता रहेको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताए । [&hellip;]</p>

काठमाडौं । व्यवसायी दीपक मल्होत्राले वास्तविक सुन तस्करीलाई जोगाउन नियोजितरूपमा आफ्नो नाम जोडिएको दावी गरेका छन् ।

मंगलबार दिउँसो विमानस्थलको भन्सार कार्यालयबाट बाहिरिएको करीब एक क्वीन्टल सुन तस्करीमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए ।

बिहीबार दिउँसो पत्रकार सम्मेलन गरेर मल्होत्राले सुन काण्डमा आफ्नो संलग्नता रहेको प्रमाणित भए जुनसुकै कारबाही भोग्न तयार रहेको बताए ।

‘त्यत्रो सुन तस्करीमा संलग्न भएको भए भागिसक्थे होला, पत्रकार सम्मेलन गरेर बस्थे होला र ?’, मल्होत्राले भने । आफूले कुनै गलत काम नगरेकाले गलत प्रचार हुँदैमा नडराएको पनि उनले बताए ।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट मिलेमतोमा बाहिरिएको करीब एक क्वीन्टल सुन आन्तरिक राजश्व कार्यालयले बरामद गरेको थियो ।

उक्त सुन काण्डमा आफ्नो नाम जोडिएको भन्दै मल्होत्राले आश्चर्य व्यक्त गरेका छन् ।

‘भन्सारमा गएको २५ वर्ष भयो होला । भन्सारका कुनै कर्मचारीलाई चिन्दिन । सुन जसले ल्याएको हो त्यसलाई जोगाउन नियोजितरुपमा मेरो नाम सार्वजनिक भएको हुनसक्छ’, उनले भने ।

बिहीबार दिउँसोसम्म आन्तरिक राजश्व र प्रहरीले उक्त सुन काण्डबारे बुझ्न आफूलाई कुनै सम्पर्कसमेत नगरेको अवस्थामा मिडियामा एकतर्फीरुपमा आफ्नो नाम जोडिएको उनले बताए ।

विगतमा वैधानिक च्यानलबाटै सुन ल्याएर बिक्री गर्ने भएका कारणले पनि कतिपय बेला सुन तस्करीमा आफ्नो नाम जोड्ने गरिएको तर, सुन ओसार पसारमा आफ्नो कुनै संलग्नता नरहेको उनले बताए ।

 

Share News