सिनामंगलबाट बम भन्दै मोबाइलमा तार जोडेर राख्ने व्यक्ति पक्राउ

<p>काठमाडौं । सिनामंगलबाट बम भन्दै मोबाइलमा तार जोडेर राख्ने व्यक्ति पक्राउ परेका छन् । सिनामंगलस्थित सुन पसलको अगाडी फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हाे । बुधबार बिहान फेला परेको सो शंकास्पद वस्तु बम नभएको पाइएको सेनाले जनाएको छ । कालो टेपले बेरेको र दुईवटा तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा सेनाको [&hellip;]</p>

काठमाडौं । सिनामंगलबाट बम भन्दै मोबाइलमा तार जोडेर राख्ने व्यक्ति पक्राउ परेका छन् । सिनामंगलस्थित सुन पसलको अगाडी फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्कृय पारेको हाे ।

बुधबार बिहान फेला परेको सो शंकास्पद वस्तु बम नभएको पाइएको सेनाले जनाएको छ । कालो टेपले बेरेको र दुईवटा तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो ।

तर डिस्पोजल टोलीले शंकास्पद बस्तु बम नभएको पुष्टि गरेको छ । नोकिया मोबाइलको सेटमा तार जोडेर राखेको पाइएको नेपाली सेनाले जनाएको छ ।

सेनाको टोलीले शंकास्पद वस्तु निष्कृय पारेलगत्तै सोही स्थानबाट शंकास्पद बस्तु राखेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सुन पसल नजिकैको होटलमा लुकेर बसेका रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो ।

Share News