
फाइल फाेटाे
काठमाडौं । काठमाडौंको सिनामंगलमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीका अनुसार सिनामंगलमा रहेको खोटाङ हलेसी ज्जलर्सको सटर अगाडि उक्त वस्तु भेटिएको हो ।
काठमाडौं प्रहरीका प्रवक्ता एसपी सीताराम रिजालका अनुसार उक्त वस्तुको नजिक हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चा समेत भेटिएको छ ।
उक्त वस्तु भेटिएसँगै वरपरका क्षेत्रलाई नियन्त्रणमा लिईएको भन्दै उनले नेपाल प्रहरीको अनुसन्धानपछि आवश्यक परे नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइने बताए ।