एक सय रुपैयाँमा कम्पनी दर्ता गर्न दिने सरकारको निर्णय

<p>काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता शुल्कमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले कम्पनी दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको हो । बजेटमा गरिएको घोषणा कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन । सरकारले बजेट सार्वजनिक [&hellip;]</p>

काठमाडौं । सरकारले नयाँ कम्पनी दर्ता शुल्कमा छुट दिने निर्णय गरेको छ । बुधबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले कम्पनी दर्ता शुल्कसँगै पुँजीवृद्धि शुल्कमा पनि छुट दिने निर्णय गरेको हो ।

बजेटमा गरिएको घोषणा कार्यान्वयनका लागि राजपत्रमा सूचना प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिईन ।

सरकारले बजेट सार्वजनिक गर्दै नयाँ कम्पनी दर्ता, पुँजी बृद्धिमा कुनै शुल्क नगाग्ने घोषणा गरेको थियो । सरकारी घोषणा अनुसार साउन १ गतेदेखि उक्त निर्णय कार्यान्वयनमा आउनु पर्नेमा राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र कार्यान्वयनमा आउनेछ ।

यसअघि कम्पनी रजिष्ट्रार कार्यालयको सूचना नै जारी गरी राजपत्रमा सूचना प्रकाशन भएपछि मात्र उक्त निर्णय कार्यान्वयनमा आउने उल्लेख गरेको थियो ।

यस्तै, बुधबार बसेको मन्त्रिपरिषद् बैठकले शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको सञ्चालक समिति सदस्यमा सोही अस्पतालका डाक्टर रवि मल्ललाई नियुक्त गर्ने निर्णय पनि गरेको छ ।

Share News