राष्ट्र संघको फोरममा श्रेष्ठको सम्बोधन– नवप्रवर्तनमा ठूला देशको सहयोग अत्यावश्यक

<p>काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ)मा अल्पविकसित देश (एलडीसी)हरुको तर्फबाट सम्बोधन गरेका हुन् । फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागीता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकाश पार्दै अल्पविकसित [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन् । नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ)मा अल्पविकसित देश (एलडीसी)हरुको तर्फबाट सम्बोधन गरेका हुन् ।

फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागीता छ । उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकाश पार्दै अल्पविकसित राष्ट्रहरूमा दीगो विकास लक्ष्य (एसडीजी) को कार्यान्वयनलाई तीव्रता दिनु पर्ने बताए ।

उनले अल्पविकसित देशहरुका लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न, नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न विश्व समुदायको सहयोग आवश्यक रहेको बताए ।

बहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा पनि श्रेष्ठले जोड दिएका छन् ।

Share News