काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका चार संस्थापक सेयरधनी बाहिरिने भएका छन् । उनीहरु आफ्नो नाममा रहेको सेयर बेचेर संस्थाबाट बाहिरीन लागेका हुन् ।
संस्थाका ४ जना सेयरधनीहरुले कूल कित्ता ३६ हजार कित्ता सेयर बेच्न लागेका हुन् । तीन सञ्चालकले १० हजार र एक सञ्चालकले ६ हजार गरी कूल ३६ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।
लघुवित्तले संस्थापक प्रेम कुमार बरालको नाममा रहेको ६ हजार कित्ता, डा. मान बहादुर बीकेको १० हजार कित्ता, माधव प्रसाद नेपालको १० हजार कित्ता र यज्ञ विक्रम शाहीको १० हजार कित्ता सेयर बिक्रीमा राखेको हो ।
संस्थाको उक्त सेयर संस्थापक सेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । उनीहरुले यो सूचना जारी भएको ३५ दिनभित्र उक्त संस्थापक सेयरमा आवेदन दिनुपर्नेछ । संस्थाले साउन २ गते पहिलो पटक सूचना जारी गर्दै सो जानकारी गराएको हो ।
यदि तोकिएको समय अवधिमा संस्थापकले आवेदन नदिएमा सर्वसाधारण लगानीकर्तालाई बिक्री गरिने व्यवस्था छ ।
संस्थापक सेयरहरुको बिक्री मूल्य बिक्रेता अनुसार फरक फरक रहेकाले मूल्य सम्बन्धी जानकारीका लागि संस्थाको केन्द्रिय कार्यालय रुपन्देहीमा सम्पर्क गर्नु पर्नेछ । दोस्रो बजारमा संस्थाको संस्थापक सेयरको मूल्य प्रतिकित्ता २ हजार ४ सय ६४ रुपैयाँ रहेको छ ।