काठमाडौं महानगरले तोक्यो सवारी साधन पार्किङ शुल्क, २ र ४ पाङ्ग्रेलाई कति ?

<p>महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र पार्किङ हुने सवारी साधनको लागि शुल्क निर्धारण गरिएको जानकारी दिइन् । उनकाअनुसार, दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ । आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको डंगोलले [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले सवारी साधन पार्किङ शुल्क निर्धारण गरेको छ ।

महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौं महानगरपालिकाभित्र पार्किङ हुने सवारी साधनको लागि शुल्क निर्धारण गरिएको जानकारी दिइन् ।

उनकाअनुसार, दुई पाङग्रे सवारी साधनको प्रतिघण्टा २५ रुपैयाँ र चार पाङग्रे सवारी साधनको प्रतिघण्टा ७५ रुपैयाँ पार्किङ शुल्क निर्धारण गरिएको छ ।

आम सेवाग्राहीको गुनासो सुनुवाई गर्न र सवारी साधनको पार्किङ शुल्कमा एकरुपता ल्याउन शुल्क निर्धारण गरिएको डंगोलले बताइन् ।

काठमाडौं महानगरपालिका भित्र २ पाङग्रे सवारी साधनले आधा घण्टाको पार्किङ शुल्क १५ रुपैयाँ मात्रै तिर्नुपर्ने गरी निर्धारण गरिएकोृ छ ।

त्यसैगरी, एक घण्टाको २५ रुपैयाँ र एक घण्टा भन्दा बढि थप हुँदै गयो भने हरेक १५ मिनेटमा ५/५ रुपैयाँ शुल्क थप हुने उनले बताइन्र ।

४ पाङग्रे सवारी साधनले भने आधा घण्टाका लागि ४० रुपैयाँ पार्किङ शुल्क तिर्नुपर्छ भने एक घण्टाका लागि ७५ रुपैयाँ तिनुपर्नेछ । त्यो भन्दा बढि समय थप भए हरेक १५ मिनेटमा १५ रुपैयाँ थप हुँदै जाने पनि महानगरपालिकाले जनाएको छ ।

Share News