
पोखरा । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले पोखरामा निर्माण भएको इन्धन डिपोले आर्थिक क्रियाकलाप बढाउन मद्दत गर्ने बताएका छन् ।
सोमबार पोखर क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई इन्धन डिपो शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
पोखरामा पर्यटक बढ्दै गएकाले हवाई इन्धनको माग पनि बढिरहेको मन्त्री रिजालले बताए ।
नेपाल आयल निगमले करिब ७७ करोडरूपैयाँ लगानीमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा हवाई इन्धन डिपो निर्माणको शिलान्यास गरेको हो ।
पोखरामा निर्माण भएको देशकै दोस्रो ठूलो इन्धन भण्डारण गृहको पनि मन्त्री रिजालले उद्घाटन गरेका छन् ।