प्रभु क्यापिटलद्वारा ‘लोयल्टी प्वाइन्ट्स’ र ‘रिफरल स्किम’ सञ्चालनमा

<p>काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटलले सेवाग्राहीका लागि सेवा संगै लोयाल्टी पोइन्ट र रेफलर स्किम अफर लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ । लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले सोमबार सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु क्यापिटल [&hellip;]</p>

काठमाडौं । मर्चेन्ट बैंकर प्रभु क्यापिटलले सेवाग्राहीका लागि सेवा संगै लोयाल्टी पोइन्ट र रेफलर स्किम अफर लन्च गरेको छ । ग्राहकहरुलाई सेवा छिटो, छरितो तथा सहज तरिकाबाट दिन सक्नुपर्ने उद्देश्य लिएकोे प्रभु क्यापिटलले ग्राहकको लागि विशेष लोयल्टी पोईन्टस् अफर ल्याएको छ ।

लोयल्टी पोईन्टस् र रिफरलको अफर क्यापिटलले सोमबार सार्वजनिक गरेको हो । सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एप रिफर गरि साथै क्यापिटलका विभिन्न सेवा तथा सुविधा लिई लोयल्टी पोईन्ट्स प्राप्त गर्न सकिने क्यापिटलले जनाएको छ ।

सेवाग्राहीले प्रभु क्यापिटल डिजिटल एपको लिकं कपी र सेयर गरी प्रभु क्यापिटल डिजिटल एप रिफर गर्न सकिनेछ । सेवाग्राहीले पोईन्ट्स आफ्नो डिम्याट तथा मेरो शेयर नविकरण गर्नका साथै प्रभु क्यापिटलसंग आवद्घ विभिन्न मर्चेन्ट अफरमा उपयोग गर्न सकिने क्यापिटलले जनाएको छ ।

क्यापिटलका अनुसार लोयल्टी प्वाइन्ट्सको श्रेणी निम्न अनुसार हुनेछः

क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तनमा जोड दिनेगरेको तथा ग्राहकहरुलाई दिने सेवामा सहजीकरण गर्दै आएको छ ।

Share News