उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध, वर्षायामसँगै वातावरणमा समस्या पैदा हुन सक्ने

<p>काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ककनी र धादिङको धुनिवेसीका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । विगतमा संघीय सरकार र काठमाडौं महानगरपालिकासँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् । नयाँ आर्थिक वर्षको शुरुवातको दिन आज विहानदेखि स्थानीयहरुले उपत्यकाबाट फोहोर लिएर गएका चार दर्जन भन्दा धेरै ट्रकलाई बन्चरेडाँडा र सिसडोलको [&hellip;]</p>

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा ककनी र धादिङको धुनिवेसीका स्थानीय बासिन्दाले अवरोध गरेका छन् । विगतमा संघीय सरकार र काठमाडौं महानगरपालिकासँग गरेको सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले उपत्यकाको फोहोर व्यवस्थापनमा अवरोध गरेका हुन् ।

नयाँ आर्थिक वर्षको शुरुवातको दिन आज विहानदेखि स्थानीयहरुले उपत्यकाबाट फोहोर लिएर गएका चार दर्जन भन्दा धेरै ट्रकलाई बन्चरेडाँडा र सिसडोलको बीचमा रोकिदिएका छन् । सहमतिका नाममा सहमति गरिएका विषयहरुलाई कार्यान्वयन नगरिएको र स्थानीयलाइ संघीय सरकार र स्थानीय सरकारले पटक–पटक झुक्याउने काम गरेको उनीहरुको आरोप छ ।

स्थानीय वासिन्दाले सो ठाउँमा फोहोर व्यवस्थापन गरेवापत स्थानीय क्षेत्रमा शिक्षा, स्वास्थ्य र रोजगारका विभिन्न मागहरु सरकारसँग राख्दै आएका छन् । साथै, फोहोरको कुहिने र नकुहिने गरी वर्गिकरण गरेर व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ । तर, अहिलेसम्म संघीय सरकार र स्थानीय सरकारले स्थानीयवासीको मागलाई सम्बोधन गर्न सकेको भने देखिँदैन ।

वर्षायाममा फोहोरको कारण विभिन्न महामारी तथा प्रकोप फैलिने डर स्वभाविक रुपमा रहन्छ । संघीय सरकार र स्थानीय सरकारले बेलैमा फोहोर व्यवस्थापन क्षेत्रको प्रभावित स्थानीयको मागलाई सम्बोधन गर्न नसकेमा विगतकै फोहोरयुक्त काठमाडौंको अवस्था फर्किन सक्छ र वर्षायामसँगै काठमाडौंमा विभिन्न प्रकारका रोगहरु फैलिन सक्ने सम्भावना नजिकिएकाे छ ।

Share News