आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको एकिकृत कारोबार शुभारम्भ

<p>काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईतबारबाट एकिकृत कारोबार शुभारम्भ गरेका छन् । आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गरेका हुन् । दुवै संस्थाको असार १६ गते विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र बोर्डले असार २६ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै [&hellip;]</p>

काठमाडौं । आशा लघुवित्त र राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले आईतबारबाट एकिकृत कारोबार शुभारम्भ गरेका छन् । आशा लघुवित्तको नामबाट एकिकृत कारोबार गरेका हुन् ।

दुवै संस्थाको असार १६ गते विशेष साधारणसभाले मर्जर प्रस्ताव पारित गरेका थिए। नेपाल राष्ट्र बैंकले असार २२ तथा नेपाल धितोपत्र बोर्डले असार २६ मा मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । त्यस्तै कम्पनी रजिष्ट्रार कार्यालयले असर २७ मा मर्जर तथा प्राप्तिको लागि अन्तिम स्वीकृति दिएको हो ।

शुभारम्भ कार्यक्रम साविक आशा लघुवित्त वित्तीय संस्थाको अध्यक्ष निर्गुण प्रसाद भट्टचनको सभापतित्व तथा संस्थापक अध्यक्ष राम बहादुर पाण्डेको प्रमुख आतिथ्यमा सुरुवात भएको उक्त कार्यक्रममा प्रमुख अतिथि राम बहादुर पाण्डेले केन्द्रीय कार्यलयमा रिवन काटी पानसमा बत्ती बालेर उद्घाटन गरेका थिए ।

यी दुई लघुवित्त समान हैसियत अर्थात् १ः१ को अनुपातमा आशा लघुवित्तले राष्ट्र उत्थान लघुवित्तलाई गाभेको हो। मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय हालको राष्ट्र उत्थानको केन्द्रीय कार्यालय रहेको स्थान काभ्रेको साँगामा रहने छ ।

Share News