आजदेखि स्वचालित मूल्य लागु गर्दै निगम, एलपी ग्यासको मूल्य घट्ने

<p>काठमाडौं । लामो समयको तयारी पश्चात नेपाल आयल निगमले आइतबारदेखि स्वचालित मूल्य प्रणाली लागु गर्ने भएको छ । भारतबाट आएको नयाँ मूल्य सूचिका आधारमा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्न लागेको हो । सरकारले आगामी आर्थिक वर्षकोे बजेटमा नै निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजाने उल्लेख गरेको थियो । सरकारको नीति अनुसार नै लामो समयको गृहकार्य [&hellip;]</p>

काठमाडौं । लामो समयको तयारी पश्चात नेपाल आयल निगमले आइतबारदेखि स्वचालित मूल्य प्रणाली लागु गर्ने भएको छ । भारतबाट आएको नयाँ मूल्य सूचिका आधारमा निगमले स्वचालित मूल्य प्रणाली लागू गर्न लागेको हो ।

सरकारले आगामी आर्थिक वर्षकोे बजेटमा नै निगमलाई स्वचालित मूल्य प्रणालीमा लैजाने उल्लेख गरेको थियो । सरकारको नीति अनुसार नै लामो समयको गृहकार्य पश्चात निगमले स्वचालित मूल्य प्रणाली लागु गर्न लागेको हो ।

स्वचालित मूल्य प्रणाली लागू भएपछि आइओसीबाट आएको नयाँ मूल्यका आधारमा निगमले नेपालमा मूल्य समायोजन गर्नुपर्छ । भारतबाट बढेर आउँदा नेपाली बजारमा मूल्य बढ्नुपर्छ भने घटेर आएको घट्नुपर्छ ।

इण्डीयन आयल कर्पाेरेशनले शनिबार साँझ पठाएको नयाँ भाडामा खाना पकाउने एलपी ग्यास र पेट्रोलको मूल्य घटेर आएको छ भने डिजेलको मूल्य बढेर आएको निगमले जनाएको छ ।

भारतबाट आएको नयाँ मूल्य सूचि अनुसार खाना पकाउने एलपी ग्यासमा एक सय रुपैयाँसम्म मूल्य घटाएर सो प्रणाली सञ्चालन गर्ने तयारी भएको निगम स्रोतले बतायो ।

बढेर आयो डिजेलको मूल्य

भारतबाट डिजेलको मूल्य बढेर आउँदा पेट्रोलको मूल्य घटेर आएको निगमले जनाएको छ ।

आइओसीले शनिबार साँझ पठाएको नयाँ मूल्य सूचि अनुसार डिजेलको मूल्य लिटरमा २ रुपैयाँ ४७ पैसाले बढेर आएको छ भने पेट्रोलको मूल्य ३४ पैसाले घटेको हो ।

आइओसीबाट प्राप्त नयाँ मूल्यपछि निगम १५ दिनमा ५० करोड रुपैयाँ नाफामा पुगेको छ ।

Share News