काठमाडौं । साउनमा वाणिज्य बैंकहरुको ब्याजदर अस्थिर बनेको छ । साउन महिनाका लागि सार्वजनिक गरेको ब्याजदर अनुसार अधिकांश बैंकले ब्याजदर घटाएका छन् भने २ वटा बैंकले भने बढाएका छन् । यसअघि लामो समयदेखि बैंकहरुबीच समझदारी अनुसार ब्याजदर निर्धारण गर्दै आएका थिए । साउनमा भने आफूखुशी ब्याजदर निर्धारण गरेका हुन् । लामो समयदेखि ब्याजदरमा कार्टेलिङ गर्दै आएका बैंकहरुले साउनबाट राष्ट्र बैंकको निर्देशनअन्तर्गत रहेर ब्याजदर निर्धारण गर्नेछन् ।
साउनमा अधिकांश बैंकहरुले ब्याजदर घटाए पनि नबिल बैंक र प्राइम बैंकले भने बढाउने निर्णय गरेका हुन् । नेपाल बैंकर्स संघले बैंकको अनुकुलता अनुसार ब्याजदर थपघट गर्न पाउने गरी सम्झौता भंग गरेपछि सोही अनुसार थपघट गरेका हुन् ।
साउनमा बैंकको निक्षेपको ब्याजदर घटबढ गरेपनि कर्जाको ब्याजदर सबै बैंकले घटाएका छन् । अधिकांश बैंकहरुको आधार दर समेत घट्दो क्रममा छ । कर्जामा सबैभन्दा सस्तो राष्ट्रिय वाणिज्य बैंकमा रहेको देखिन्छ । बैंकहरुले आधार दरमा प्रिमियम जोड्ने भएकाले राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ८.२४ प्रतिशतमा झरेको छ । साथै, बैंकले १.५ प्रतिशतसम्म प्रिमियम लिने बताएको छ ।
अधिकांश बैंकहरुले आधार दरमा ५ प्रतिशतसम्म प्रिमियम लिने बताएका छन् । सोही अनुसार बैंकहरुको कर्जाको ब्याजदर निर्धारण हुनेछ ।
नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० प्रतिशतदेखि अधिकतम ७.९० प्रतिशत र रेमिट्यान्स खातामा भने ८.९० प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, बैंकले संस्थागततर्फ ८.४९ प्रतिशत र ब्यक्तिगततर्फ १०.४९ प्रतिशतसम्म ब्याजदर तोक्ने भएको हो । बैंकले रेमिट्यान्स बचत खातामा ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ ।
यस्तै, प्राइम कमर्सियल बैंकले पनि साउनमा ब्याजदर बढाउने निर्णय गरेको छ । बैंकले साउनमा साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशतदेखि अधिकतम ७.९३ प्रतिशत र रेमिट्यान्स खातामा ९ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । यस्तै, मुद्दति निक्षेपमा संस्थागततर्फ ८.९३ प्रतिशत, ब्यक्तिगततर्फ १०.९३ प्रतिशत र रेमिट्यान्स खातामा १२.५० प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले साउनमा ब्याजदर घटाएको हो । बैंकले साधारण बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६ प्रतिशत ब्याजदर तोक्नेछ । यस्तै, मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९ प्रतिशतसम्म ब्याजदर निर्धारण गर्नेछ ।
यसैगरी स्ट्याण्डर्ड चार्टर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । साथै, बैंकले साउनमा रेमिट्यान्स खातामा भने ७.४५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । बैंकले संस्थागततर्फ न्यूनतम ५.९५ प्रतिशतदेखि ६.९५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, ब्यक्तिगततर्फ ७.९५ प्रतिशतदेखि ८.९५ प्रतिशत ब्याजदर तोक्नेछ । रेमिट्यान्स खातामा ९.९५ प्रतिशत ब्याजदर तोक्ने बैंकले जनाएको छ ।
यस्तै, ग्लोबल आइएमई बैंकले बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोक्नेछ । मुद्दति निक्षेपमा संस्थागततर्फ ७.९९ प्रतिशत, ब्यक्तिगततर्फ ९.९९ प्रतिशत र रेमिट्यान्स खातामा भने ११.९९ प्रतिशत ब्याजदर तोक्नेछ ।
त्यस्तै, माछापुच्छ्रे बैंकले बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.८५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ । बैंकले कर्मशील खाता र रेमिट्यान्स बचत खातामा भने ७.८५ प्रतिशत ब्याजदर निर्धारण गर्नेछ । मुद्दति निक्षेपमा संस्थागततर्फ ७ प्रतिशत, ब्यक्तिगततर्फ ९ प्रतिशत र रेमिट्यान्स खातामा १० प्रतिशत ब्याजदर तोक्नेछ ।
यस्तै, प्रभु बैंकले बचत खातामा न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.२५ प्रतिशत र ब्यक्तिगततर्फ ९.५० प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५० प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
यस्तै, एभरेष्ट बैंकले बचत खातामा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ७.७५ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागततर्फ ७.५० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।
यस्तै, लक्ष्मी सनराइज बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९९ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
यस्तै, नेपाल एसबिआई बैंकले सबै बचत खातामा ६.४० प्रतिशत ब्याजदर तोकेको छ भने मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.१० प्रतिशत र ब्यक्तिगततर्फ ९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।
यस्तै, एनएमबि बैंकले बचत खातामा न्यूनतम ५.९८ प्रतिशतदेखि अधिकतम ८.९८ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.७५ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.९८ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
यस्तै, हिमालयन बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.९९ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।
यस्तै, कुमारी बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.९९ प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।
यस्तै, कृषि विकास बैंकले बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ७.५१ प्रतिशत र ब्यक्तिगततर्फ ९.५१ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकले रेमिट्यान्स बचत खातामा १०.५१ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।
यस्तै, नेपाल बैंकले बचत खातामा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ७.६६ प्रतिशत ब्याजदर र मुद्दति निक्षेपमा संस्थागत तर्फ ६.९९ प्रतिशत र ब्यक्तिगततर्फ ८.९९क प्रतिशतसम्म ब्याजदर तोक्नेछ ।