चन्द्रागिरीमा आतिथ्यतापछि मन्त्री मोदीले भने– विदेशी सहयोग खर्चिने फाइभस्टारका कार्यक्रममा आउँदिन

<p>काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले खर्च भएको देखाउन फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा सहभागी नहुने बताएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न शुक्रबार चन्द्रागिरी रिसोर्टमा आयाेजित कार्यक्रममा आतिथ्यतापछि मन्त्री मोदीले फाइभस्टारका कार्यक्रममा नआउने बताएका हुन् । ‘सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना [&hellip;]</p>

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले खर्च भएको देखाउन फाइभस्टार होटलमा आयोजना गरिने कार्यक्रममा सहभागी नहुने बताएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वैदेशिक सहायताबाट सञ्चालित कार्यक्रमको समीक्षा गर्न शुक्रबार चन्द्रागिरी रिसोर्टमा आयाेजित कार्यक्रममा आतिथ्यतापछि मन्त्री मोदीले फाइभस्टारका कार्यक्रममा नआउने बताएका हुन् ।

‘सम्झौता बमोजिम कार्य सम्पन्न भएर आयोजना गरिने समीक्षात्मक छलफल तथा अन्तक्र्रियामा आउँछु तर वैदेशिक सहायताको पैसा खर्च गर्नकै लागि आयोजना गरिने बैठक तथा अन्तरक्रिया कार्यक्रममा सहभागी हुन्न’, मन्त्री मोदीले भने ।

खर्च भएको देखाउनकै लागि कर्मचारीहरु असार मसान्तमा दिनहुँ फाइभस्टारका कार्यक्रममा मात्रै व्यस्त भएको देखिएको उनले बताए । ‘असार मसान्तको समय छ, कर्मचारीहरु अहिले जनताको सेवामा भन्दा पनि फाइभस्टारका कार्यक्रममा व्यस्त छन् । कर्मचारीको यो दिनचर्याबाट सुशासन सम्भव छैन’, उनले भने ।

वैदेशिक सहायताको वास्तविक मर्मअनुसारको काम हुन नसकेको उनको भनाई छ । ‘वैदेशिक सहायताको मर्म जे हो, त्यो अनुसारको कुनै पनि काम हुन सकेको छैन, खर्च भएको देखाउन महङ्गो होटल ताक्ने बेथिति बढेको छ, यसको रोकथाम आवश्यक छ’, मोदीले भने ।

Share News