राठीविरूद्ध पुर्जी जारी भएको १९ दिनपछि सिमेन्ट उद्योगीले भने– अमर्यादित व्यवहार असह्य

<p>काठमाडौं । मारूती सिमेन्टका सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी भएकाे भन्दै सिमेन्ट उत्पादकहरुले विरोध गरेका छन् । सञ्चालक नन्दकिशोर राठीलाई पक्राउ गर्न पुर्जी जारी भएकाे १९ दिनपछि सिमेन्ट उत्पादकहरूले विज्ञप्ति प्रकाशन गरेर विरोध गरेका हुन् । राठीलाई पक्राउ गर्न असार १९ गते पक्राउ पुर्जी जारी भएकाे थियाे । पक्राउ पुर्जी जारी भएपछि राठी सम्पर्कबिहिन छन् [&hellip;]</p>

काठमाडौं । मारूती सिमेन्टका सञ्चालकलाई पक्राउ गर्न पुर्जी जारी भएकाे भन्दै सिमेन्ट उत्पादकहरुले विरोध गरेका छन् ।

सञ्चालक नन्दकिशोर राठीलाई पक्राउ गर्न पुर्जी जारी भएकाे १९ दिनपछि सिमेन्ट उत्पादकहरूले विज्ञप्ति प्रकाशन गरेर विरोध गरेका हुन् ।

राठीलाई पक्राउ गर्न असार १९ गते पक्राउ पुर्जी जारी भएकाे थियाे ।

पक्राउ पुर्जी जारी भएपछि राठी सम्पर्कबिहिन छन् । मारुती सिमेन्ट कम्पनीका कर्मचारी भने पक्राउ परेका छन् ।

सिमेन्ट उत्पादक संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सामान्य मुद्धामा, दोषि ठहर नै नभै थुनामा राख्ने जस्तो कारवाहिको प्रक्रिया अघि बढाउनु हुन्न भन्ने विषयमा सवै सरोकारवालाहरुमा यस संघ अनुरोध गर्दछ ।’

‘मारुती सिमेन्ट सिमेन्ट विक्री गर्ने उद्योगमाथी ठगी (अपराधिक विश्वासघात) सम्बन्धको मुद्धा दर्ता गरी कर्मचारी समेतलाई पक्राउ गर्नुका साथै संचालकहरुलाई पक्राउ पुर्जी जारी गरीएको समाचारप्रति यस संघको गम्भिर ध्यानाकर्षण भएको छ’, संघका महासचिव केशवप्रसाद उपे्रतिले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

निहित स्वार्थको लागि दिएको उजुरीको आधारमा अर्बौ लगानी गरी हजारौको संख्यामा रोजगारी दिई करोडौं रुपैया राजश्व तिर्ने उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गरी थुन्ने तथा पक्राउ पुर्जी जारी गर्दा समग्र औद्योगिक वातावरणमै नकारात्मक असर पर्ने सिमेन्ट उत्पादकहरुले भनेका छन् ।

उद्यमी व्यवसायीहरु माथी उद्योगीमाथि भइरहेको धरपकडले उद्योगमा लगानी गर्न चाहने स्वदेशी तथा विदेशी लगानीकर्ता निरुत्साहित हुने अवस्था आएको उद्योगीहरुको विज्ञप्तिमा उल्लेख छ ।

Share News