प्राविधिक समस्या आएपछि बीचबाटै फर्कियो बुद्ध एयरको जहाज

<p>काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शुक्रबार चन्द्रगढीका लागि उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको हो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता गरिएको हो । उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुहरूलाई झापा पठाउने तयारी [&hellip;]</p>

काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएको छ । शुक्रबार चन्द्रगढीका लागि उडेको बुद्धको जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर अवतरण गरिएको हो ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार जहाजमा इण्डिकेसनको समस्या देखिएपछि काठमाडौंमै फिर्ता गरिएको हो ।

उक्त जहाज सवा २ बजे काठमाडौंमा अवतरण गरेको हो । अर्को जहाजबाट यात्रुहरूलाई झापा पठाउने तयारी गरिएको बुझिएको छ ।

Share News