६ करोड लगानीमा खुल्यो लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट, ५५ जनालाई रोजगारी

<p>काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बिहीवारदेखि नेपालीहरुलाई भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो । रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा विगत १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको बताए । उनले नेपालमा पनि भियतनामी खाना खाने मानिसहरु बिस्तारै वृद्धि हुँदै गएको बताए । उनले काठमाडौं उपत्यकाको तीन स्थानमा [&hellip;]</p>

काठमाडौं । काठमाडौंको लाजिम्पाटमा भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको छ । बिहीवारदेखि नेपालीहरुलाई भियतनामी परिकार चखाउने उद्देश्यसहित भियतनामी रेष्टुरेण्ट सञ्चालनमा आएको हो ।

रेष्टुरेण्टका सञ्चालक नविन सारुले नेपालमा विगत १२ वर्षदेखि भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै आएको बताए । उनले नेपालमा पनि भियतनामी खाना खाने मानिसहरु बिस्तारै वृद्धि हुँदै गएको बताए । उनले काठमाडौं उपत्यकाको तीन स्थानमा भियतनामी रेष्टुरेण्ट सञ्चालन गर्दै ५५ जनालाई रोजगारी दिइरहेको बताए । सञ्चालक सारुले नेपाली र विदेशी पाहुनालाई एउटै सत्कार दिने उद्देश्यले रेष्टुरेण्ट सञ्चालनमा ल्याएको बताए । उनले शुरुमा रेष्टुरेण्ट खोल्दा ११ लाख लगानीमा शुरु गरिएको रेष्टुरेण्टमा करिब ६ करोड लगानी लागेको बताए ।

उनले काठमाडौं उपत्यकाको तीन ठाउँ ललितपुरको झम्सिखेल,बौद्ध र लाजिम्पाटमा सञ्चालन रहेको बताए । उनले रेष्टुरेण्टमा करिव १०० जना भन्दा बढीलाई एकै पटक सेवा दिन सकिने बताए ।

Share News