आजदेखि काठमाडौं–सियान उडान गर्दै तिब्बत एयरलाइन्स

<p>काठमाडौं । बिहीबारदेखि काठमाडौं–सियान सिधा उडान सुरु हुने भएको छ । कोरोना महामारीपछि चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्सले चीनको सियानबाट काठमाडौंमा उडान गर्न लागेको हो । नेपाल नागरिक उडड्यन प्राधिकरणले सातामा दुई उडान गर्ने गरी अनुमति दिएको हो । तिब्बत एयरलाइन्सको कोभिड अर्थात तीन वर्ष अगाडी काठमाडौं छेन्दु चार्टर्ड उडान गर्दै आएकोमा बिहीबारदेखि नियमित उडान [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । बिहीबारदेखि काठमाडौं–सियान सिधा उडान सुरु हुने भएको छ । कोरोना महामारीपछि चिनियाँ वायुसेवा कम्पनी तिब्बत एयरलाइन्सले चीनको सियानबाट काठमाडौंमा उडान गर्न लागेको हो ।

नेपाल नागरिक उडड्यन प्राधिकरणले सातामा दुई उडान गर्ने गरी अनुमति दिएको हो । तिब्बत एयरलाइन्सको कोभिड अर्थात तीन वर्ष अगाडी काठमाडौं छेन्दु चार्टर्ड उडान गर्दै आएकोमा बिहीबारदेखि नियमित उडान सुरु गर्न लागेको हो ।

हाल नेपालमा चीनको छेन्दु–तियान्फुबाट एयर चाइना र सिचुवान, ग्वाङझाउबाट चाइना साउर्दन, कुन्मिङबाट चाइना इस्टर्न तथा हङकङबाट क्याथे प्यासिफिकले उडान गर्दै आइरहेका छन् ।

त्यस्तै, काठमाडौंबाट हिमालय एयरलायन्सले बेइजिङ उडान गर्दै आइरहेको छ । तिब्बत एयरलायन्स थपिएसँगै काठमाडौंबाट चीनमा सिधा उडान गर्ने वायुसेवाको संख्या ७ पुगेको छ ।

Share News