ललिता निवास जग्गा प्रकरणमा थप एक जना पक्राउ

<p>काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार थप एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने [&hellip;]</p>

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बुधबार थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा समरजङ्ग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेल रहेका सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार पौडेललार्ई काठमाडौँको गोकर्ण क्षेत्रबाट पक्राउ गरिएको हो ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा हाल सिआइबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Share News