भारतीय प्रधानमन्त्री मोदीले नेपालीमा ट्विट गर्दै सीता दाहाललाई दिए श्रद्धाञ्जली

<p>काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका [&hellip;]</p>

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

प्रधानमन्त्री मोदीले आज सामाजिक सञ्जाल ट्वीटरर्माफत सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको उल्लेख गरेका छन् । साथै उनले प्रधानमन्त्री दाहालप्रति समवेदना प्रकट गर्दै दिवङ्गत आत्मालाई चिरशान्ति मिलोस् भनी प्राथना गरेका छन् ।

‘श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति,’ उनले लेखेका छन् ।

सीता दाहालको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका क्रममा ६९ वर्षको उमेरमा आज बिहान ८ बजेर ३३ मिनेटमा निधन भएको हो । दाहाल पार्किन्सन रोगका कारण लामो समयदेखि अस्वस्थ थिइन् । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो । दाहाल माओवादी केन्द्रको सल्लाहकार समेत हुन् ।

 

Share News