
सांकेतिक तस्बिर
काठमाडौं । राष्ट्रिय आवास कम्पनीले सहरी विकास मन्त्रालयलाई दिएको स्कुटर हराएको छ । कम्पनीले सहरी विकास मन्त्रालयलाई एकवर्ष अगाडि दिएको होन्डा डिओ स्कुटर हराएको हो ।
कम्पनीका महाप्रवन्धक नारायण बाँस्तोलाले मन्त्रालयलाई दिएको स्कुटर नभेटिएपछि ट्राफिक प्रहरीलाई उजुरी गरेका छन् । स्रोतका अनुसार भने मन्त्रालयले उक्त स्कुटर विभागमा करारमा कार्यरत मेगा शाह भन्ने कर्मचारीलाई दिएको थियो ।
शाहले उक्त स्कुटर राष्ट्रिय आवास कम्पनीकै अध्यक्ष सन्दीपकुमार मिश्रलाई सोझै दिएको बुझिन आएको मन्त्रालय स्रोतले बताएको छ । तर, स्कुटरको औपचारिक अवस्थाबारे लामो समदेखि जानकारी नभएकाले प्रहरीमा उजुरी गरेको महाप्रवन्धक बाँस्तोलाले बताए ।