राष्ट्रिय सभाको बैठक स्थगित

<p>काठमाडौं । प्रधानमन्त्रीकी पत्नी सीता दाहालको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो । विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो । सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्रीकी पत्नी सीता दाहालको निधनपछि राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।

आज बिहान ११ बजेर १ मिनेटमा बोलाइएको बैठक विशेष कारण देखाउँदै बिहीबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको हो ।

विशेष कारण भनिए पनि प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको निधनपछि बैठक स्थगित गरिएको स्रोतले बतायो ।

सीताको आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा निधन भएको छ ।

Share News