असार ३० देखिदेखि एकीकृत कारोबार गर्दै नेशनल माइक्रोफाइनान्स र समीट लघुवित्त

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् । मर्जपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । दुवै लघुवित्तले गत असोज [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र समीट लघुवित्त वित्तीय संस्थाले असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने भएका छन् । नेपाल राष्ट्र बैंकले मर्जरमा जान अन्तिम स्वीकृति प्रदान गरेसँगै असार ३० गतेदेखि एकीकृत कारोबार गर्ने जनाएका छन् ।

मर्जपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार सुरु हुनेछ । दुवै लघुवित्तले गत असोज २६ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका थिए ।

दुबै लघुवित्तको सेयर आदान प्रदान अनुपात १ः०.७३ अर्थात् नेशनल लघुवित्तको १०० कित्ता सेयर बराबर समीट लघुवित्तको ७३ कित्ता सेयर कायम हुनेछ । प्रारम्भिक सम्झौता अनुसार १ः०.८२ स्वाप रेसियोमा कायम हुने सहमति भएको थियो ।

Share News