सरकारले तोक्यो धानको समर्थन मूल्य, अघिल्लो वर्षभन्दा २५० रुपैयाँ बढी

<p>काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो । किसानले धान लगाउने समय अगावै धानको समर्थन मूल्य तोक्ने प्रावधानअनुसार सरकारले समर्थन मूल्य तोकेको हो । अघिल्लो वर्षको तुलनामा २५० रूपैयाँ बढाएर धानको समर्थन मूल्य तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा [&hellip;]</p>

काठमाडौं । सरकारले धानको समर्थन मूल्य तोकेको छ ।

मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले धानको समर्थन मूल्य तोकेको हो ।

किसानले धान लगाउने समय अगावै धानको समर्थन मूल्य तोक्ने प्रावधानअनुसार सरकारले समर्थन मूल्य तोकेको हो ।

अघिल्लो वर्षको तुलनामा २५० रूपैयाँ बढाएर धानको समर्थन मूल्य तोकिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मोटा धानको प्रतिक्विन्टल ३ हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ३ हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोकिएको शर्माले जानकारी दिइन् ।

सरकारले किसानको धान खरिद गर्दा सोही मूल्यअनुसार खरिद गर्नेछ भने अन्य व्यापारीलाई बिक्री गर्दा पनि सोही मूल्यलाई आधार मानेर बिक्री गर्न पाउनेछन् ।

Share News