काठमाडौं । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनाको छानविन गर्न सरकारले छानविन समिति गठन गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दुर्घटनाको छानविनको लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव बुद्धि सागर लामिछानेको नेतृत्वमा छानविन समिति गठन गरिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि रेखा शर्माले जानकारी दिइन् ।
मंगलबार भएको हेलिकप्टर दुर्घटना पाइलट सहित त्यसमा सवार ६ जनाकै मृत्यु भएको थियो ।
पाँच जना मेक्सिकन नागरिकलाई लिएर क्याप्टेन आरबी गुरूङले हेलिकप्टर उडाएका थिए ।
दुर्घटनामा निधन भएका सबै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा ल्याइएको छ ।
हेलिकप्टर दुर्घटनामा सरकारले दुःख व्यक्त गरेको छ ।