
काठमाडौं । सरकारले सहसचिव लक्ष्मीकुमारी बस्नेतलाई सचिवमा बढुवा गरेको छ ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बस्नेतलाई सचिवमा बढुवा गरिएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएकी छन् ।
बढुवा समितिले बस्नेतलाई सचिवका लागि एकल सिफारिस गरेको थियो ।
ललिता निवास जग्गा घोटला प्रकरणमा सञ्चार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राय परेपछि मन्त्रालयको सचिव पद रिक्त थियो ।