राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक थापाको विश्लेषण : वित्तीय पहुँचको दुरूपयोग हुँदा सट्टेबाजी मौलायो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्ला दिनहरूमा वित्तीय पहुँचको दुरूपयोग भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थामा सीमित ब्यक्तिको मात्रै पहुँच हुँदा कर्जा प्रवाह समेत दुरुपयोग भइरहेको उनले बताए । वित्तीय पहुँचको हुँदा नै मिटरब्याजी जस्ता समस्या आएको र उत्पादनमूलक क्षेत्रमा नभएर सट्टेबाजीमा लगानी बढेको थापाको भनाई छ । [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले पछिल्ला दिनहरूमा वित्तीय पहुँचको दुरूपयोग भएको बताएका छन् ।

बैंक तथा वित्तीय संस्थामा सीमित ब्यक्तिको मात्रै पहुँच हुँदा कर्जा प्रवाह समेत दुरुपयोग भइरहेको उनले बताए ।

वित्तीय पहुँचको हुँदा नै मिटरब्याजी जस्ता समस्या आएको र उत्पादनमूलक क्षेत्रमा नभएर सट्टेबाजीमा लगानी बढेको थापाको भनाई छ ।

बैंक तथा वित्तीय संस्थाले क्यासफ्लोभन्दा पनि धितोको आधारमा कर्जा प्रवाह गर्दा कतिपय अवस्थामा समस्या आएको उनले बताए ।

अर्थतन्त्रमा संकुचन आएपछि धेरैले मौद्रिक नीतिबाट सम्बोधन हुने अपेक्षा गरेको भए पनि मौद्रिक नीतिले ‘पेन किलर’को काम मात्रै गर्न सक्ने थापाको भनाई छ ।

दीर्घकालिन समस्याको समाधान मौद्रिक नीतिले नगर्ने उनले बताए ।

नेपालका सबैभन्दा छिटो बैंकिङ क्षेत्रकै विकास भएको र त्यो पनि निजी क्षेत्रको पकडमा गएको थापाले बताए ।

Share News