
काठमाडौं । नेपाल लघुवित्त बैंकर्स संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी रामबहादुर यादवले पाएका छन् ।
उनी संघको महासचिवको जिम्मेवारीमा छन् ।
यसअघि संघको कार्यवाहक अध्यक्ष मीनबहादुर बोहरा थिए । धौलागिरी लघुवित्त मर्जरमा गएपछि उनले अवकाश लिएका थिए ।
यादव नेशनल माइक्रोफाइनान्स लघुवित्तका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।