लगानीमैत्री वातावरण नहुँदा विदेशी लगानी फर्किन थाले : सांसद श्रेष्ठ

<p>काठमाडाै‌ं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको उनले बताए । अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी [&hellip;]</p>

काठमाडाै‌ं । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले नेपालमा लगानीको सुनश्चितता नभएको भन्दै विदेशी लगानीहरु फर्किन थालेको बताएका छन् ।

मंगलबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका आयोजनाहरु लगानीको सुनश्चितता नभएका कारण कतिपय फर्किसकेको र कतिपय फर्किने तयारीमा रहेको उनले बताए ।

अहिलेको सरकार र गठबन्धनका दलहरुले विदेशी लगानीमैत्री वातावरण बनाउन नसकेर राष्ट्रघात गरिरहेको आरोप लगाएका छन् ।

‘चिनियाँ कम्पनीहरुले निर्माण गर्ने भनिएका र उनीहरुले उत्पादन गरेका विद्युत बिक्रीको सुनिश्चितता नभएको भन्दै चिनियाँ लगानीकर्ताहरु फर्किन थालेका छन्’, सांसद श्रेष्ठले भने ।

स्वदेशमा आइसकेको लगानी पनि उपयोग गर्न नसकेर फिर्ता हुने अवस्था सिर्जना गर्नु राष्ट्रघात भएको श्रेष्ठको भनाई छ ।

Share News