मनाङ एयर हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु, एक जना बेपत्ता

<p>काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । क्याप्टेनसहित ६ जना रहेको उक्त हेलिकप्टरमा हालसम्म ५ जनाको सब फेला परेको छ भने बाँकी एक जना बेपत्ता रहेका छन् । घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको [&hellip;]</p>

काठमाडौं । मनाङ एयरको हेलिकप्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको पुष्टि भएको छ । क्याप्टेनसहित ६ जना रहेको उक्त हेलिकप्टरमा हालसम्म ५ जनाको सब फेला परेको छ भने बाँकी एक जना बेपत्ता रहेका छन् ।

घटनास्थलमा रहेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतका अनुसार प्रहरीले उद्धारको काम जारी रहेको छ । अहिलेसम्म ५ वटा शव भेटिएको र उनीहरुको पहिचान हुन बाँकी रहेको उनले जानकारी दिए ।

मंगलबार बिहान लुक्लाबाट काठमाडौंका लागि उडेको मनाङ एयरको कल साइन ९ एन एन एमभी हेलिकोप्टर लामजुरा पास नजिकै दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो । क्याप्टेन चेतबहादुर गुरुङले उडान भरेको हेलिकप्टरमा पाँचै जना मेक्सिकन नागरिक रहेको खुलेको छ ।

अहिले अल्टिच्यूड एयरको अर्को हेलिकप्टर दुर्घटनास्थलमा अवतरण गरेको छ । प्रहरी र उद्धारकर्मीले उद्धारको काम जारी राखेका छन् ।

Share News