संसद सुचारु गर्न ३ दलका शीर्ष नेता सहमत, एमाले आन्तरिक छलफलमा

<p>काठमाडौं । तीन दलका शीर्ष नेताले संसद खुलाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो भएको छलफलमा उनीहरुले संसदको अवरोध खुलाउने सहमति गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । प्रधानमन्त्री दाहालको सचिवालयले संसदको अवरोध खोल्न [&hellip;]</p>

काठमाडौं । तीन दलका शीर्ष नेताले संसद खुलाउने सहमति गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो भएको छलफलमा उनीहरुले संसदको अवरोध खुलाउने सहमति गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।

प्रधानमन्त्री दाहालको सचिवालयले संसदको अवरोध खोल्न नेताहरु सहमत भएको जानकारी दिएको छ । तर, शीर्ष नेताहरुले भने छलफलको विषयमा केही बताएका छैनन् ।

बालुवाटारबाट फर्किएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले भने एमाले संसदीय दलको बैठक बोलाएका छन् ।

संसद भवनमा एमालेको संसदीय दलको बैठक बसिरहेको छ ।

संसद बैठक भने दिउँसो ३ बजेका लागि बोलाइएको छ ।

Share News