सबैको लघुवित्त सातौं वर्षमा प्रवेश, सातै प्रदेशमा सेवा दिँदै

<p>काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था सातौं वर्षमा प्रवेश गरेको छ । तनहुँको बन्दीपुरमा केन्द्रिय कार्यालय रहेको लघुवित्त आजदेखि ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको हो । लघुवित्त संस्थाले सातौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य समेत गरेको छ । वि.सं. २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न लघुवित्त संस्थाले अनुमति [&hellip;]</p>

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था सातौं वर्षमा प्रवेश गरेको छ । तनहुँको बन्दीपुरमा केन्द्रिय कार्यालय रहेको लघुवित्त आजदेखि ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको हो ।

लघुवित्त संस्थाले सातौं वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक कार्य समेत गरेको छ । वि.सं. २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट वित्तीय कारोबार गर्न लघुवित्त संस्थाले अनुमति पाएको थियो । साथै, असार ३० गतेदेखि बन्दिपुर १ डुम्रेबजारमा आफ्नो कार्य सुभारम्भ गरेको लघुवित्तले जनाएको छ ।

बढ्दो प्रतिष्पर्धा, बैकिङ बजारमा देखिएको तरलता अभावमा पनि उल्लेखनीय प्रगति हासिल गर्न सफल भएको लघुवित्तले बताएको छ ।

हाल यस लघुवित्तको अध्यक्षको जिम्मेवारीमा नारायण प्रसाद जोशी रहेका छन् । यस्तै, सञ्चालकहरुमा जीवमुर्ती पन्त, प्रदिप सिग्देल, सुश्मा द्विवेदी र श्याम प्रसाद श्रेष्ठ छन् । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारी भने केशव कुमार पौडेलले सम्हालिरहेका छन् ।

ग्रामीण नेपालको उत्पादन र उत्पादकत्वमा बृद्धि गरी समग्र गरिबी न्यूनीकरण गर्न लघुवित्तले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । लघुवित्त संस्थाले सातै प्रदेशका ४३ जिल्लामा ९० शाखा कार्यालय मार्फत् आफ्नो सेवा प्रवाह गरिरहेको छ ।

लघुवित्तका अनुसार ७६ हजार ६३२ ग्राहक सदस्य छन् भने ३१४ जना कर्मचारी संस्थामा कार्यरत छन् । ३ अर्ब ८० करोड रुपैयाँ कर्जा लगानी गरेको लघुवित्त संस्थासँग १ अर्ब २२ करोड रुपैयाँ बचत छ ।

Share News