लघुवित्त फेजआउट गरौं, विकास बैंकको संख्या बढाऔं– पूर्वअर्थमन्त्री खतिवडा

<p>काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विकास बैंकको संख्या बढाएर लघुवित्त संस्थाहरुलाई फेज आउट गर्नुपर्ने बताएका छन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार सुरू गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै डा. खतिवडाले लघुवित्त संस्थाहरुलाई ख वर्गमा स्तरोन्नति गर्नुपर्ने बताए । बैंक र लघु वित्तको अवस्था हात्ती र कुखुराको जस्तो भएको भन्दै आगामी [&hellip;]</p>

काठमाडौं । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विकास बैंकको संख्या बढाएर लघुवित्त संस्थाहरुलाई फेज आउट गर्नुपर्ने बताएका छन् ।

आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार सुरू गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै डा. खतिवडाले लघुवित्त संस्थाहरुलाई ख वर्गमा स्तरोन्नति गर्नुपर्ने बताए ।

बैंक र लघु वित्तको अवस्था हात्ती र कुखुराको जस्तो भएको भन्दै आगामी दिन लघुवित्तलाई फेजआउट गर्दै जानुपर्ने खतिवडाले बताए ।
गाउँमा लघुवित्त भनेर कामै गर्न नसक्ने अवस्था भएकाले उनले स्मरण गरे ।

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन संशोधन गरेर भए पनि लघुवित्तलाई स्तरोन्नति गर्नुपर्ने उनको भनाई छ ।

त्यसैगरी, लघुवित्तमा लगाईएको क्याप आगामी मौद्रिक नीतिबाट हटाउनुपर्ने पनि खतिवडाले बताए ।

लघुवित्त क्षेत्रको कर्जा विस्तार गर्नेभन्दा पनि कर्जा उठाउनमा आगामी दिनमा ध्यान दिनुपर्ने खतिवडाले बताए ।

बैंकले लघुवित्तमा दिने कर्जा बढाउन नहुने पनि खतिवडाले बताए ।

पूर्वगभर्नरसमेत रहेका खतिवडाले नेपालमा लघुवित्तमार्फत कृषिमा भएको लगानी बालुवामा पानी सरह भएको टिप्पणी गरेका छन् ।

Share News