
काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यबाहक गभर्नर डा. निलम ढुङ्गानाले लघुवित्तले गरिबी न्यूनिकरण र महिला उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएकी छिन् ।
आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार सुरू गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै ढुङ्गानाले लघु वित्तहरुको वित्तीय सेवा डिजिटलाइज्ड गर्दै जानुपर्ने बताइन् ।
अबको दिनमा वित्तीय सेवा डिजिटल प्रणालीमा हुने भएकाले संस्थाहरुले आइटी क्षमताको विकास गर्नु पर्ने डा. ढुङ्गानाले बताएकी हुन् ।
कतिपय विषयमा राष्ट्र बैंकले दिँदै आएको नियामकीय सुबिधा र छुट सधै दिन नसक्ने भएकाले संस्थाहरूले आफ्नै सक्षमता विकास गर्दै जानुपर्ने उनले बताइन् ।
संस्थाहरु एक आपसमा मर्जरमा जादा संस्थाको जोखिम कम हुने, पुँजी वृद्धी भई खर्च समेत घट्ने भएकाले लघुवित्तहरुले यस विषयमा ध्यान दिनुपर्ने उनको भनाई छ ।