वित्तीय संस्थाको व्यवस्थापन पहुँचभन्दा बाहिर गएकाले समस्या आयो : अर्थमन्त्री महत

<p>काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको ऋण दायित्व बढेको र खर्च गर्ने क्षमता घटेको बताएका छन् । आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले सर्वसाधारणमा पुँजी प्रवाह बढाउन सरकारले काम गरिरहेको बताए । ‘धेरै माध्यमबाट सर्वसाधारणमा पुजि प्रवाह गर्न सरकारले काम गरिरहेको छ । अब [&hellip;]</p>

फाइल तस्वीर

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारको ऋण दायित्व बढेको र खर्च गर्ने क्षमता घटेको बताएका छन् ।

आइतबार साना किसान लघुवित्त र आरएमडिसी लघवित्तको एकीकृत कारोबार गर्न आयोजित कार्यक्रमलाई काठमाडौंमा सम्बोधन गर्दै अर्थमन्त्री महतले सर्वसाधारणमा पुँजी प्रवाह बढाउन सरकारले काम गरिरहेको बताए ।

‘धेरै माध्यमबाट सर्वसाधारणमा पुजि प्रवाह गर्न सरकारले काम गरिरहेको छ । अब कागजका आधारमा भन्दा उत्पादननको आधारमा कृषि कर्जा प्रदान गर्नेतर्फ ध्यान दिइने छ’, उनले भने ।

संस्थाको मर्जरले खर्च घटाएर फाइदा बढाउन सहयोग गर्ने भन्दै मर्जभएको लघुवित्त आगामी दिनमा ७७ जिल्लामै पुग्ने र ग्रामीण क्षेत्रमा गरिबी घटाउन योगदान गर्ने अपेक्षा अर्थमन्त्रीले व्यक्त गरेका छन् ।

पछिल्ला दिनमा वित्तीय संस्थाको व्यवस्थापन पहुँचभन्दा बाहिर जान थालेपछि समस्या देखिएको अर्थमन्त्री महतले बताए ।

‘वित्तीय अवस्था कमजोर भएका व्यक्तिलाई कर्जा वा ऋण प्रवाह गर्दा ब्याज महङ्गो हुन थालेको छ । एउटा तहबाट लक्षित बर्गमा कर्जा पुग्दा ब्याज महङ्गो हुन पुगेको छ । अब यसलाई समाधान गर्नु पर्छ’, मन्त्री महतले भने ।

Share News