महिलाहरुको सुनको सिक्री लुटपाट गर्ने ४ जना पक्राउ

<p>काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो । पछिल्लो एक महिनायता विशेष गरी मोर्निङ वाकमा निस्किने [&hellip;]</p>

काठमाडौं । काठमाडौंमा सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चार जना पक्राउ परेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका राहुल माझीलाई पक्राउ गरिएको जानकारी गराएको हो ।

पछिल्लो एक महिनायता विशेष गरी मोर्निङ वाकमा निस्किने महिलाहरुको घाटीमा लगाइएको सुनको सिक्री लुटिने क्रम बढेको उजुरी आएपछि अनुसन्धानको क्रममा त्यसमा संलग्न उनीहरुलाई पक्राउ गरी सार्वजनिक गरिएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोजकुमार केसीले बताए ।

उनले भने, ‘बिहानीपख विशेषतः मोर्निङ वाकमा निक्लिने महिलाहरुको सुनको सिक्रीहरु लुटिएको भन्ने आधारमा अनुसन्धान सुरु ग¥र्यौ । र, यो अनुसन्धानलाई अगाडि बढायौं । यसमा गु्रपनै संलग्न रहेको पाईयो । यसमा ४ जनालाई पक्राऊ गरियो । बाईकहरुको प्रयोग गरेर उनीहरुले लुटेका हुन ।’

लुटपाट कार्यमा मोटरसाईकलको प्रयोग गरेको पनि प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । उनीहरुको साथबाट ११ दशमलव २ ग्राम तौलको सुनको ढिक्का, सिक्री लुटने क्रममा प्रयोग गरिएका २ वटा मोटरसाईकल, ४७ ग्रामको सुनको नेक्लेस र ६ थान मोवाईल सेट बरामद गरिएको छ । लुटिएका सो सुनको कारोबार गर्ने कार्यमा संलग्नहरुको पनि खोजी भईरहेको प्रहरी वरिष्ठ उपरीक्षक केसीले बताए ।

Share News