प्रधानमन्त्रीको अनुरोधमा सोमबारलाई सारियो संसद बैंठक

<p>आइतबार दिउँसो ३ बजेको लागि बोलाइएको बैठक सोमबार दिउँसो ३ बजे बस्ने गरी सारिएको छ । यसअघि प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीच प्रधानमन्त्रीले संम्बोधन गरेर संसद बैठक सुचारू गर्ने सहमति बनेको थियो । सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफुलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अनुरोधमा संसद बैंकले सोमबारको लागि सारिएको छ ।

आइतबार दिउँसो ३ बजेको लागि बोलाइएको बैठक सोमबार दिउँसो ३ बजे बस्ने गरी सारिएको छ ।

यसअघि प्रधानमन्त्री दाहाल, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी शर्मा ओलीका बीच प्रधानमन्त्रीले संम्बोधन गरेर संसद बैठक सुचारू गर्ने सहमति बनेको थियो ।

सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफुलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली पुगेको अभिव्यक्ति दिएपछि एमालेले राजीनामा मागेर संसद अवरोध गर्दै आएको थियो ।

आइतबार दिउँसो दाहाल, देउवा र ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बैठक गरी संसद सुचारु गराउने सहमति गरेका थिए ।

Share News