आरजु राणालाई पैसा दिएको भन्ने अडियो अभियुक्त शर्माकै भएको पुष्टि

<p>काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु राणालाई पैसा दिएको भन्ने अडियोको आवाज सन्देश शर्माकै भएको पुष्टि भएको छ । अडियोमा बोल्ने व्यक्ति अभियुक्त सन्देश शर्मा नै भएको प्रहरीले पुष्टि गरेको हो । आरजु राणाले भने आफ्नो नाम मुछेर अन्य व्यक्तिले अडियो बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिइन् । सोही उजुरी छानविनको क्रममा [&hellip;]</p>

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेतृ आरजु राणालाई पैसा दिएको भन्ने अडियोको आवाज सन्देश शर्माकै भएको पुष्टि भएको छ ।

अडियोमा बोल्ने व्यक्ति अभियुक्त सन्देश शर्मा नै भएको प्रहरीले पुष्टि गरेको हो ।

आरजु राणाले भने आफ्नो नाम मुछेर अन्य व्यक्तिले अडियो बनाएको भन्दै प्रहरीमा उजुरी दिएका थिइन् । सोही उजुरी छानविनको क्रममा प्रहरीले आरजुलाई पैसा दिएको बताउने अडियो नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका शर्माको भएको पुष्टि गरेको हो ।

राणाले भने आफूले पैसा नदिएको भन्दै अडियोको खण्डन गरेकी थिइन् ।

आवाज शर्माकै भएको पुष्टि भएपछि अडियो बाहिरिएको स्रोत पहिचानको टिकटक सिंगापुरलाई पत्राचार गरेको प्रहरीले बताएको छ ।

Share News