
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन् ।
अवरूद्ध संसद खुलाउने विषयमा छलफलका लागि प्रचण्डले देउवा र ओलीलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।
शीष तीन नेताहरु अहिले बालुवाटारमा छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री प्रचण्डले केही दिन अघि सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह पटक पटक दिल्ली गएको बताएपछि संसदको प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्रीको राजीनामा मागेर दुवै सदन अवरुद्ध गरिरहेको छ ।