नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध, मर्कामा यात्रु

<p>काठमाडौं । नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । काली खोला क्षेत्रमा पहिरो खसेपछि उक्त सडक दुईतर्फी नै अवरुद्ध बनेको हो । शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना-६ कालिखोला पुल नजिक सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ । अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक [&hellip;]</p>

तस्वीर : सामाजिक सञ्जाल

काठमाडौं । नारायणगढ-मुग्लिन सडक पुनः अवरुद्ध भएको छ । काली खोला क्षेत्रमा पहिरो खसेपछि उक्त सडक दुईतर्फी नै अवरुद्ध बनेको हो ।

शनिबार दिउँसो ४ बजे चितवनको इच्छाकामना-६ कालिखोला पुल नजिक सुख्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिए । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उनले बताए ।

उक्त सडक पटक-पटक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।

Share News