काठमाडौं । पशुपतिनाथको मन्दिरमा ४३ तोला सुन फेला परेको छ । मन्दिरको जलहरी नजिकै शुक्रबार बिहान ४३ तोला सुन फेला परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गर्ने क्रममा पशुपतिनाथको मन्दिरको जलहरीमा राखिएको सुनको परिमाण घटेको पाइएको थियो । यो प्रकरणमा निकै ठूलो गिरोहको संलग्नता भएको भन्दै त्यसको खोजबिन भइरहँदा एकाएक ४३ तोला सुन फेला परेको घटना बाहिर ल्याइएको हो ।
आज बिहान कम भएको सुन मन्दिरमै हुनुपर्छ भन्दै जलहरि मुन्तिर खोतल्ने काम भएको थियो । सोही क्रममा ४३ तोला सुन फेला परेको स्रोतले बताएको छ । यो घटनालाई स्रोतहरुले नाटकीय प्रकरणको रुपमा लिएका छन् । कम भएको सुनलाई दुरुस्त देखाई सम्भावित कारबाहीबाट जोगिन पशुपति क्षेत्र विकास कोषका अधिकारीहरुको मिलेमतोमा ४३ तोला सुन त्यहाँ लगिएको स्रोतहरुको दाबी छ ।