सरकारले दियो धुर्मुस सुन्तली फाउण्डेशलाई कर छुट

<p>काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै आएको नमुबावस्ती परियोजनामा कर छुट दिने निर्णय गरेको छ । सरकारले बिहीबार रात्रपत्रमा सूचना प्रकाशन गर्दै आर्थिक ऐन, २०७९ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई अग्रिम कर छुट दिईएको जनाएको हो । ‘गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन [&hellip;]</p>

फाइल फाेटाे

काठमाडौं । सरकारले धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्दै आएको नमुबावस्ती परियोजनामा कर छुट दिने निर्णय गरेको छ ।

सरकारले बिहीबार रात्रपत्रमा सूचना प्रकाशन गर्दै आर्थिक ऐन, २०७९ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी धुर्मुस सुन्तली फाउण्डेशनलाई अग्रिम कर छुट दिईएको जनाएको हो ।

‘गिरानचौर एकीकृत नमूना बस्ती पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनाको स्वामित्वमा रहेको घरजग्गा हस्तान्तरण गर्दा आयकर ऐन, २०५८ को दफा ९५ को उपदफा (६) अनुनसार असुल गर्नु पर्ने अग्रिम कर पूर्ण रुपमा छुट दिने निर्णय गरिएको हो’, सूचनामा भनिएको छ ।

गत असार ५ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेकोे थियो । मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थमन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशन गरेको हो ।

Share News