मर्जर प्रस्तावसहित जानकी फाइनान्सले बोलायो साधारण सभा

<p>काठमाडौं । जानकी फाइनान्सले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको असार २१ गते बसेको सञ्चालक समितिको बैठकले साउन १३ गते बिहान ९ बजे मसाला कटेज, तिरहुतिया गाछी ४ जनकपुरधाममा बोलाएको हो । फाइनान्सको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि [&hellip;]</p>

काठमाडौं । जानकी फाइनान्सले २६ औं वार्षिक साधारण सभा बोलाएको छ । फाइनान्स कम्पनीको असार २१ गते बसेको सञ्चालक समितिको बैठकले साउन १३ गते बिहान ९ बजे मसाला कटेज, तिरहुतिया गाछी ४ जनकपुरधाममा बोलाएको हो ।

फाइनान्सको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन र आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने छ ।

यस्तै, मर्जर तथा एक्विजिशन सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्त्यिारी प्रदान गर्नेछ ।

फाइनन्सले साधारण सभा प्रयोजनको लागि साउन २ गतेदेखि साधारण सभासम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साउन १ गतेसम्म कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागी हुन सक्नेछन् ।

Share News