
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पुष्कमल दाहाल (प्रचण्ड)लाई प्रधानमन्त्री बनाउने सांसदहरु सबैजना मरेका लाशहरु हुन् भनेर प्रश्न गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै यस्तो प्रश्न गरेका हुन् ।
मेयर बालेनले प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लागेको बताए । उनले सरकारमा दिल्लीको आदेश मान्ने सांसदहरुको बहुमत रहेको बताए ।
‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो । दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा,’ उनले भने ।
उनले लेखेका छन्, ‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ? र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’
केही दिन अघि प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्री बन्न दिल्ली जानु पर्ने बताएपछि उनको विरोध भइरहेको छ । प्रधानमन्त्रीको सोही बक्तव्यलाई व्यङ्ग्य गर्दै मेयर बालेनले यस्तो भनेका हुन् ।